Where Traditional Yoga Meets Modern Seekers

Journey to Your True Self

Guided by Sri Homnath Acharya & Sri Acharya Binda | 10+ Years of Transformative Teaching | 5000+ Hours of Meditation Wisdom

Abhyudayom Dhyan Yog Kendra

प्रारम्भिक योग ध्यान प्रशिक्षण

अति व्यस्त जीवनमा रहनु भएका चिकित्सक, स्वास्थ्यकर्मी, शिक्षक, प्राध्यापक, समाजसेवी, राजनीतिज्ञ, कर्मचारी, सुरक्षाकर्मी, तालिमका प्रशिक्षक, योग प्रशिक्षक, उद्योगी, व्यापारी, कृषि लगायत विभिन्न पेसा र व्यवसायमा संलग्न रहनुभएका व्यक्तिहरुका लागि घरमै बसेर जुम अनलाइनको माध्यमद्वारा योग र ध्यानको सरल एवं सर्वोत्कृष्ट प्रशिक्षण भइरहेको छ । यस प्रशिक्षणमा सनातन परम्पराका ऋषिमनिषि, सिद्धबुद्ध महापुरुष, योगीध्यानी सन्तहरुद्वारा प्रतिपादित योगध्यानका विधि तथा सूत्रहरु र आधुनिक मनोविज्ञानद्वारा प्रयोगसिद्ध थेरापीलाई कुशलतापूर्वक संयोजन गरी प्रदान गरिने यस प्रशिक्षण कार्यक्रमका उद्देश्य तथा संक्षिप्त विवरण निम्नानुसार रहेका छन् ।
 
उद्देश्य:
🧑‍🏫 व्यायाम, आसन, प्राणायाम र ध्यानका सरल विधि सिकाउनु,
🧘 व्यक्तिलाई योग र ध्यानको स्वयं अभ्यास गर्न सक्ने बनाउनु,
🚀 योग, ध्यान र आरोग्यमा आधारित उद्यम व्यवसाय वा सेवा गर्न प्रेरित गर्नु,
🎓 नेपाल सरकारको आधिकारिक निकायबाट प्रामाणिक योग प्रशिक्षक बन्न मद्दत गर्नु,
🌿 WHO द्वारा निर्धारित शारीरिक, मानसिक एवं समग्र स्वास्थ्यमा योगदान गर्ने जनशक्ति तयार पार्नु,
 
जुम अनलाइन प्रशिक्षण मिति र समयः
🧘 २०८३ जेठ महिनाबाट ।
🌅 बिहान ५ देखि ७ बजेसम्म योग र ध्यानको अभ्यासात्मक कक्षा ।
🌇 बेलुकी ७:३० देखि ९ः०० बजेसम्म पाठ्यक्रम अनुसार सम्बन्धित विशेषज्ञद्वारा सैद्धान्तिक प्रशिक्षण गरिनेछ ।
 
द्रष्टव्यः
🎓 अनलाइन तालिम पूरा गरेपछि तिन दिने जीवन व्यवस्थापन कार्यशाला एवं दीक्षान्त समारोह हुनेछ ।
📘 पाठ्यक्रममा आधारित योग ध्यान प्रशिक्षण सामग्री प्रदान गरिनेछ ।
🎵 सम्पूर्ण विधिका भिडियो र संगीत उपलब्ध गराइने छ ।
📜 विधि र सीपको दक्षतामा आधारित प्रमाण-पत्र प्रदान गरिने छ ।
🧘‍♀️ योगार्थी तथा अभ्युदयम् आरोग्य प्रशिक्षणका लागि मार्गप्रशस्त गरिनेछ ।
🏛️ TU/KU/NSU मा सञ्चालित योगका शैक्षिक कोर्षको प्रवर्धन गरिनेछ ।
भौतिक उपस्थितिमा हुने जीवन व्यवस्थापन कार्यशाला एवं दीक्षान्त समारोह:
 
🗓️ मितिः …
📍 स्थानः काठमाडौं ।
⏰ समयः बिहान ७ देखि बेलुकी ५ बजेसम्म ।
🥗 सहभागीका लागि बिहानको नास्ता र दिवा भोजनको व्यवस्था रहेको छ ।
💰 दुवै चरणको कार्यक्रम व्यवस्थापनका लागि आवश्यक न्यूनतम योगदान रु १५,०००/-
 
📅 नाम दर्ताको अन्तिम मिति २०८३ बैशाख २० गते आइतबारसम्म रहेको छ ।
🚪 अनलाइन रजिष्ट्रेसन भएपछि मात्र प्रशिक्षण कक्षामा प्रवेश दिइनेछ ।
 
ℹ️ नाम दर्ता एवं अन्य जानकारीका लागि:
🧑‍💼 9767096555 (आचार्य श्री होमनाथ),
🧑‍💼 9841263692 (आचार्य श्री बिन्दा),
🧑‍💼 9847336655 (श्री आचार्य विभूति),
🧑‍💼 9844019501 (सन्तोष ढकाल),
🧑‍💼 9842291014 (अरुणा ओझा),
🧑‍💼 9849166000 (मातृका प्याकुरेल),
🧑‍💼 9857021336 (प्रदिप कुमार बस्नेत)
 
सबैको जीवनमा स्वास्थ्य, खुसियाली र आत्मजागरण गर्ने सुअवसर मिलोस् । हार्दिक प्रेम प्रणाम 🙏
अभ्युदय ध्यानयोग केन्द्र, काठमाडौं, नेपाल

अभ्युदयम् योगध्यान कार्यक्रम

“ऋषिमनिषिहरूको ज्ञान-व्यायाम, आसन, प्राणायाम र ध्यान”
Young students engaging in educational activities at Abhyudayom.
Zoom video conferencing app logo on blue background.

Zoom ID: 9767096555

Passcode: 555

हरेक दिन १ घण्टा आफ्नालागि...
Daily Yoga & Meditation at 5 AM
हरेक बिहान ५ बजेबाट हुने अनलाइन ध्यानयोगमा जोडिएर सहभागी हुन;

Group photo of yoga training participants during Abhyudayom event promoting meditation, mindfulness, and yoga practices.
Expertise Areas

Learn from Masters Who Have Walked the Path

At Abhyudayom, you’re not learning from textbooks or trendy instructors—you’re receiving guidance from masters who have dedicated their entire lives to the practice and teaching of traditional yoga. Our founders represent the authentic lineage of Nepali yoga and Ayurvedic wisdom.

Appointment

Want to make booking or have a question?

Call us on +977 9767096555 or simply book an appointment